माओवादी केन्द्रमा पार्टीको नाम फेर्नेबारे छलफल



काठमाडौं । नेकपा माओवादी केन्द्रले नाम फेर्न छलफल अगाडि बढाएको छ ।

पार्टी स्थायी समिति बैठकमा नाम फेर्नेबारे छलफल भएको एक स्थायी समिति सदस्यले बताए । नेपाल कम्युनिष्ट पार्टी अथवा नेपाल कम्युनिष्ट पार्टीसँग अर्को एउटा शब्द जोडेर पार्टीको नाम फेर्ने विषयमा छलफल भएको ती सदस्यले बताए ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको नाम फेर्ने बारे अनौपचारिक छलफलको विषय मात्र बनेको बताए ।

‘औपचारिक छलफल हैन, अनौपचारिक छलफल भएको हो’, प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्ष प्रचण्डले पनि यो विषयमा उपयुक्त समयमा निर्णय लिने कुरा गर्नु भएको छ।’

प्रतिक्रिया दिनुहोस्