एमालेले केन्द्रीय समिति बैठक चैत १ गते बोलाउने



काठमाडौं । नेकपा एमालले केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल थालेको छ । नेताहरुबीच आगामी चैत १ गतेलाई बेठक बोलाउने अनौपचारिक कुराकानी भएपनि ठोस निर्णय नभएको नेताहरुले बताएका छन् ।

महासचिव ईश्वर पोखरेलको सचिवालयका एक सदस्यले दिएको जानकारी अनुसार नेताहरुबीच चैत १ गते बैठक बोलाउँदा उपयुक्त हुने सुझावहरु आएपनि अध्यक्ष र महासचिवबीच छलफल गरेर समय र मिति टुङ्गो लगाउने तयारी भएको छ ।

त्यसका लागि छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ११ बजे महासचिव ईश्वर पोखरेल लगायतका आफु पक्षीय नेताहरुलाई बालुुवाटार बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्