प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे जसपाका नेताहरु



काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेताहरु प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुगेका छन् । नयाँ राजनीतिक परिदृश्यमा निर्णायक बनेको (जसपा)का शीर्ष नेताहरु प्रधानमन्त्री केपी ओलीसँग आफ्ना माग र सत्ता समीकरणका विषयमा छलफल गर्न लागेका हुन् ।

जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो र अशोक राई प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

यस अघि जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीलाई भेटेर छलफल गरेका थिए । जसपाले पाँच शीर्ष नेताहरूलाई दलहरुसँग छलफलको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्