ओलीको गतिविधिविरुद्ध खनाल र नेपालले बक्तव्य जारी गर्दै



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिप्रति आपत्ति जनाएका छन् ।

खनाल र नेपाल निकट स्थायी कमिटी सदस्यहरुको छलफलले ओली पक्षबाट भइरहेको गतिविधिविरुद्ध आपत्ति जनाउँदै बक्तव्य नै जारी गर्ने निर्णय गरेको छ ।

‘सर्वोच्च अदालतको फैसला अनुसार एमाले पुनर्स्थापित भएको हो । तर, अहिले जस्तो गतिविधि भइरहेको छ, त्यसप्रति आपत्ति छ’, एक स्थायी कमिटी सदस्यले भने ।

उनका अनुसार, पार्टी कार्यालय कब्जा गर्ने र फरक समूहलाई समर्थन गरेकै कारण आक्रमण गर्ने गतिविधिविरुद्ध खनाल र नेपालले बक्तव्य जारी गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्