एमाले अध्यक्ष ओलीले बैठक नबोलाएपछि माधव पक्ष असन्तुष्ट



एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाएपछि माधव नेपाल समूह रुष्ट भएको छ ।

सर्वोच्च अदालतको फैसलापछि पूर्व नेकपा एमाले र माओवादी पूर्व हैसियतमा पुगे पनि एमाले अध्यक्षको हैसियतले ओलीले बैठक बोलाउन ढिला गरेपछि माधव नेपाल समूहले आफ्नो समूहको बैठक राख्दै आएको छ ।

बिहिबारको छलफलपछि स्थायी समिति सदस्य भिम रावलले भनेका छन्, ‘नेकपा एकता हुन नसक्ने र एमाले माओवादी अलगअलग हुने सर्वोच्चको फैसला तितो भएपनि त्यो स्थितिमा नेकपा एमालेलाई एकतावद्ध गरेर विधि, प्रणाली र पद्दतिबाट कसरी अघि बढ्ने, हाम्रो पार्टीको नेतृत्वमा सरकार छ । यस सम्बन्धमा के गर्ने भन्नेमा छलफल गर्न यथासिघ्र बैठक बोलाउनुपर्ने, छलफल होला भन्ने अपेक्षा गरेका थियौँ ।

त्यो नभएपछि यति ठुलो नेकपा त हामीले गुमायौ, फेरि एमालेको शक्ति पनि गुमाउनुपर्ने त होइन भन्नेमा हामीलाई चिन्ता लागेको छ’ । ‘सर्वोच्चको फैसलासँग अमिल्दा र कतिपय स्थानमा गुण्डागर्दी समेत बढेका छन् त्यस्ता गतिविधि बन्द हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्