प्रधानमन्त्री ओलीलाई भेट्न जसपाका शीर्ष नेता बालुवाटार जाँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीका शीर्ष नेताहरुले आज ५ बजे बालुवाटारमा भेटघाट गर्ने भएका छन् ।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषदका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवसहित शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न लागेका हुन् । नेताहरु राजेन्द्र महतो र अशोक राई पनि भेटवार्तामा जानेछन् ।

जसपा नेता केशव झाका अनुसार प्रधानमन्त्रीसँग शीर्ष नेताले भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

साथै आज बसेको जसपा पदाधिकारी बैठकले शुक्रबार संसदीय दलको बैठक राखेको छ । पार्टी एकीकरणपछि संसदीय दलका नेता चयन गर्न बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्