प्रतिक्रियावादीहरुले निकै ठूलो षड्यन्त्र गरे, अब जनताका बीचमा जान्छु : प्रचण्ड



काठमाडौँं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको भन्दै यसलाई सुधार गर्ने बताएका छन् ।

नमुना स्वास्थ्यकर्मी संघ नेपालले गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले भने ‘नयाँ मान्छे खोज्छौं भन्दा पुराना साथीहरु छुटेको पक्कै हो’ ‘अब चाहिँ त्यसलाई उल्ट्याएर सच्याउने प्रतिवद्धता मैले आफैंले गरेको छु ।’

उनले एक पटक फेरि कोर्स करेक्सन गरेर प्रतिक्रियावाद विरुद्ध लड्ने आफूले संकलप गरेको बताए ।

‘फेरि २र४ वर्ष जनताका बीचमा गएर अभियान सञ्चालन गर्ने मनिस्थितिमा छु, किनभने प्रतिक्रियावादीहरुले देशभित्रका र बाहिरकाले निकै ठूलो षड्यन्त्र गरे हाम्रो राष्ट्र, हाम्रो आन्दोलन र उपलब्धीमाथि धावा बोल्ने कोसिश गरेका छन्’ उनले भने ।

उनले अघि भने, आफ्नै शक्तिमा भर परेर, आफ्नै खुट्टमा उभिएर मात्र यसलाई परास्त गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्