पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण, भन्छिन्– ‘मलाई ४–५ जनाले गाडीमा धकेले’



काठमाडौं । पूर्वी नेपालसँग जोडिएको भारतीय राजइ पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले आफूमाथि आक्रमण भएको बताएकी छन् ।

आसन्न विधान सभा चुनावको लागि मनोनयन दर्ता गरेपछि बुधबार साँझ आफूमाथि आक्रमण भएको बेनर्जीको भनाइ छ । ६६ वर्षीया बेनर्जीले बुधबार नन्दीग्राममा आफ्नो केही मन्दिरहरको दर्शन गरेकी थिइन् ।

सोही क्रममा आफ्ना सुरक्षागार्ड नभएका बेला ४(५ जनाले गाडीमा धकेलेको र जबरजस्ती ढोका लगाइदिएको उनको भनाइ छ । यसैबीच ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसले आफ्नो नेतामाथि भएको आक्रमणको विरोधमा आफ्नो घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको छ ।

बुधबार भएको घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । तृणमूल कांग्रेसले यो घटनामा विपक्षीको हात रहेको बताएको छ । भारतीय जनता पार्टीले भने यो आक्रमणलाई नौटंकीको संज्ञा दिँदै यसबारे अनुसन्धान हुनुपर्ने माग गरेको छ । मुख्यमन्त्रीको उपचारमा खटिएका डाक्टरले भने उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्