आठबिसकोटमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, १६ घाइते



काठमाडौं । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

बिहीबार कालीकोटबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश –०२–००१ ख ०२४७ नम्बरको मिनीबस अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खोसे दुर्घटना भएको जिल्ल प्रहरी कार्यालय दैदेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।

बसमा सवार १८ जनामध्ये एकजनाको घटनास्थलमै र अर्का एकजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका १ भर्ताका अन्दाजी –१ भर्ताका अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्