‘नाई नभन्नु ल ६’ मा बर्षा नहुने, यस्तो छ कारण



बर्षा राउत सिने जगतकी डिमाण्डेड र चर्चित नायिका हुन् । नाई नभन्नु ल ४ बाट उनको अभिनय यात्रा सुरु भएको थियो । पहिलो चलचित्रबाट नै उनले दर्शकको अथाह माया पाइन् । नाई नभन्नु ल ४ पछि बर्षा नाई नभन्नु ल ६ मा पनि हुने बताइएको थियो ।

तर निर्देशक विकासराज आचार्यले भने नाई नभन्नु ल ६ मा बर्षा नहुने बताएका छन् । उनले बर्षासँग काम गर्न आफूलाई निकै नै सहज हुने गरेको तर नाई नभन्नु ल ६ मा नाई नभन्नु ल ४ को क्वाइमेक्सका केही सिन राख्नुपर्ने भएकाले नाई नभन्नु ल ६ मा बर्षालाई राख्न नमिलेको बताएका छन् ।

उनले नाई नभन्नु ल ६ को मुख्य भूमिकाको लागि यतिबेला नायिकाको खोजी भैरहेको बताएका छन् । सेड्रिना ठूली भएको देखाउनको लागि नाई नभन्नु ल ६ को लागि विकासले क्यारेक्टरसँग सुहाउँदो नायिका खोजिरहेका छन् । यति भेटिएन भने उनले सेड्रिनालाई नै चलचित्रमा अनुबन्धित गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्