माधव नेपाल समूहका स्थायी कमिटी सदस्यहरु छलफलमा बस्दै



काठमाडौं । पुनस्र्थापित नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तर्फका स्थायी कमिटी सदस्यहरु छलफलमा बस्ने तयारी भएको छ । एमालेको पुनर्संरचनाबारे छलफल गने जुट्न लागेको एक स्थायी कमिटी सदस्यले बताए ।

हिजोमात्रै माधव नेपाल निकट केन्द्रीय सदस्यको बैठक बसेको थियो । केन्द्रीय कमिटी बैठकमा जुटेकै सहमतिबारे थप छलफल गरिने ती नेताले बताए ।

माओवादीसँग एकीकरण अगाडि एमालेको स्थायी कमिटीमा माधव नेपाल निकट ११ स्थायी कमिटी सदस्य छन् । दुई वरिष्ठ नेता झलनाथ खनाल र नेपाल, तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भूसाल, तीन सचिव गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई, सदस्य सुरेन्द्र पाण्डे छन् ।

प्रतिक्रिया दिनुहोस्