जब सुटिङमै वरुणले १२ पेग ह्वीस्की पिए, आलियालाई सम्हाल्न भयो गाह्रो



वरुण धवन बलिउडका शानदार अभिनय गर्ने अभिनेताको सूचीमा पर्छन् । आफूलाई दिएको भूमिकालाई उनले राम्रोसँग निभाउने गरेका छन् । जसले दर्शकको मन जित्ने गरेको छ । सन् २०१२ मा प्रदर्शनमा आएको चलचित्र स्टुडेन्ट अफ दि इयर बाट बलिउडमा भित्रिएका वरुणले एकपटक चलचित्रमा रियल अभिनय गर्नको लागि १२ पेक ह्वीस्की पिएका थिए ।

वरुण र आलियाले सन् २०१७ मा प्रदर्शनमा आएको चलचित्र बद्रीनाथ की दुल्हनिया मा काम गरेका थिए । यो चलचित्रले बक्सअफिसमा शानदार व्यापार गरेको थियो । यो चलचित्रलाई सशांक खेतानले निर्देशन गरेका थिए । निर्देशक सशांकका अनुसार चलचित्रको एक दुश्यमा सही टोन दिनको लागि वरुणले १२ पेग ह्वीस्की पिएका थिए ।

‘वरुणले ह्विस्की पिएपछि शानदार अभिनय गरे । तर यो सट लिएपछि उनलाई सम्हाल्न निकै गाह्रो पर्यो’, पिंकभिल्लासँगको कुराकानीमा सशांकले भनेका छन् ।

सट दिए वरुण नियन्त्रणबाहिर आए । त्यो समयमा उनलाई आलियाले सम्हालेकी थिइन् । यो दृश्यपछि उनी सुतेका थिए । फिल्ममा आलिया र वरुणसँगै गौहर खान, श्वेता बासु र साहिल वैद्यको पनि अभिनय थियो ।

प्रतिक्रिया दिनुहोस्