हिंसाको अन्त्य गरेर मुलुकलाई शान्तिपूर्ण युगमा प्रवेश गराएका छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विखण्डनवाद र हिंसाको अन्त्य गरेर मुलुकलाई शान्तिपूर्ण युगमा प्रवेश गराएको बताएका छन् ।
राष्ट्रिय सुरक्षा परिषद्को २० औं वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले स्वतन्त्र मधेस अभियान चलाइरहेका सिके राउत र हिंसात्मक गतिविधिमा लागेका विप्लव समूहलाई शान्तिपूर्ण बाटोमा ल्याएर मुलुकमा शान्ति स्थापना गरेको बताएका हुन् ।
‘पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई शान्तिपूर्ण बाटोमा ल्याएर राष्ट्रिय एकताको बाटोमा अघि बढाएका छौं’, उनले भने, ‘आन्तरिक हिंसा पनि टुंगिएको छ, बेठिक बाटो छाडेर शान्तिपूर्ण बाटोमा फर्किने मौका दिएका छौं ।’