‘नेफ्टा अवार्ड’ मा सहभागी हुनको लागि मुम्बईबाट नेपाल आइन् निरुता



नायिका निरुता सिंह चलचित्र दाल, भात, तरकारी मार्फत लामो समयपछि नेपाली चलचित्रमा भित्रिएकी थिइन् । चलचित्रले औषत व्यापार गर्यो तर निरुताको कामको त्यति तारिफ भएन । दाल, भात, तरकारी त्यति राम्रो प्रतिक्रिया नपाएपछि उनी मुम्बई फर्किएकी थिइन् ।

त्यसपछिको समयमा कोरोनाको महामारी सुरु भएपछि झन् उनले आफ्नो अभिनयलाई अगाडि बढाउन सकिनन् । अहिले फेरि एकपटक निरुता नेपाल आएकी हुन् । यसपटक उनी नेपाल चलचित्रका लागि नभएर आउँदो शनिबार राजधानीमा हुन लागेको नेफ्टा अवार्डमा सहभागी हुनको लागि आएकी हुन् ।

यिका सिंहलाई चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले स्वागत गरे । चलचित्र ‘दाल भात तरकारी’मा काम गरेपछि यसको प्रचारमा निरुता सहभागी हुन पाएकी थिइनन् । तर, प्राविधिकहरुले गर्न लागेको अवार्डका लागि भने उनले समय छुट्याएकी छिन् ।

निरुतासँगै नायिका विपना थापा पनि यस अवार्ड समारोहमा सहभागी हुनको लागि नेपाल आइसकेकी छिन् । यस्तै अवार्ड शो मा अभिनेता राजेश हमालले पनि सहभागिता जनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्