माओवादी केन्द्रद्धारा चार सदस्यीय कार्यदल गठन



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले संगठन निर्माणलाई ठोस रुप दिन चार सदस्यीय कार्यदल गठन गरेको छ ।

गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहेको कार्यदल गठन गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

साथै आजको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भएको वार्ताबारे बैठकमा जानकारी गराएका थिए।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता भने लिइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्