देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन : डा.कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानुको विकल्प अब नभएको बताएका छन् । विर्तामोडमा नेपाल प्रेस युनियनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनस्र्थापना भए पनि अब संसद चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको विचार व्यक्त गरे ।

‘नेपाल कम्युनिस्ट पार्टी पुरानै अवस्था (एमाले र माओवादी)मा फर्किए, सहज रुपमा अब संसद् चल्न सक्दैन,’ उनले भने, ‘संसद् चल्न अप्ठ्यारो परिस्थिति भएपछि देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन, मध्यावधि निर्वाचनमार्फत भए पनि निकास दिनुपर्छ ।’

डा.कोइरालाले अबका गतिविधि र कार्यक्रम चुनावमुखी हुनुपर्ने बताउँदै त्यसैअनुरुप तयारी गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्