आज चर्चित अभिनेता प्रदिप खड्काको जन्मदिन, शुभकामना दिनेको ओइरो



प्रदिप खड्का युवापुस्तामाझ सर्वाधिक लोकप्रिय अभिनेता हुन् । चलचित्र प्रेमगीत बाट चर्चामा आएका प्रदिपले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन । उनको पाइपलाइनमा थुप्रै चलचित्रहरु रहेका छन् ।

आज उनै अभिनेता प्रदिप खड्काको जन्मदिन रहेको छ । आज प्रदिपको जन्मदिन भएकाले सामाजिक सञ्जालमा फ्यान र चलचित्रकर्मीले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् । कामको कुरा गर्नुपर्दा प्रदिप अभिनीत चलचित्र प्रेमगीत ३ प्रदर्शनको तयारीमा रहेको थियो ।

तर लकडाउनको कारण चलचित्र तोकेको मितिमा प्रदर्शनमा आउन सकेन । अहिले उनी चलचित्र प्रकाश को तयारीमा छन् । हाम्रो तर्फबाट पनि प्रदिपलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्