पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बुधबार पनि बस्दै छ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित हुने छ ।

बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

मंगलबार सत्ता समीकरणको विषयमा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्