तीन छोराछोरी सहित आमा कर्णालीमा हाम फालेपछि…..



काठमाडौं । दैलेखको आठविसकोट नगरपालिका –३ निमाईलकी ३५ बर्षिया सुखी बडुवाल २३ फाल्गुनमा माईतीघर जान हिडेकी थिईन् । श्रमिानले सधैं मदिरा सेवन गरेर कुटपिट गर्ने गरेका कारण उनी छोराछोरी सहित घरवाट निस्केको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले बताए ।

घरवाट निस्केकी उनि माईतघरमा नपुगेछि खोजी शुरु भएको थियो । सुखीका दुई छोरी १५ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव २४ फाल्गुनमा कर्णालीनदिमा फेला परेको थियो । त्यस्तै सूखी र ८ बर्षीया छोराको शव २५ फाल्गुन दिउसो नदिमै भेटिएको छ भने सुशीकी ५ वर्षीया छोरी रजनी बेपत्ता छिन् । उनको खोजीकार्य तिब्र भैरहेको जिल्ला प्रहरी कार्यालयका डियसपी श्रेष्ठले बताए । घटना भएको ठाउमा दैलेखका प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेल र सुर्खेतबाट डिआईजी वसन्त पन्त पनि घटनास्थल पुगेका छन् । उता गोताखोरको टोली पनि घटनास्थल पुगेको छ ।

सनाखत भएको चारको शब परिक्षणका लागी अछामको मंगलसेन लगिएको छ । सुखीका पति मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानियवासीका अनुसार मानसिंहले सधै मदिरा सेवन गरेर झैझगडा गर्दै खाएको बताएका छन् । २३ फाल्गुन साँझ पनि मदिरा सेवन गरेर आएका मानसिंहले झगडा गरेका थिए ।

घरेलु हिंसाकै कारण सुखीले छोराछोरासहित कर्णालीमा हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मानसिंहलाई नियन्त्रमा लिएर थप अनुसन्धान भईरहेको डीएसपी श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्