केही व्यक्तिहरुले धरहरा निर्माणको काममा अवरोध पुर्याउन खोजे : मेयर शाक्य



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ऐतिहासिक महत्वको धरहरा पुननिर्माणको काममा अवरोध नगर्न आग्रह गरेका छन् ।

खिचापोखरी न्यूरोड व्यापार संघको ७ औं अधिवेशन तथा १३ औं साधारणसभाको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले निहित स्वार्थ बोकेका केही व्यक्तिहरुले विभिन्न बहानामा धरहरा निर्माणको काममा अवरोध पु¥याउन खोजेको बताए ।

धरहरा निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका बासिन्दा र व्यवसायीलाई दुवैलाई फाइदा हुने भएकाले दुवै पक्षले एकअर्काप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने महानगर प्रमुख शाक्यको भनाइ छ । धरहरा बनाउने क्रममा सबैभन्दा बढी गाली आफूले खाएको भन्दै उनले महानगर एकाध समूहको विरोध र नाराबाजीमा नअल्झिने बताए ।

प्रतिक्रिया दिनुहोस्