थप ५९ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५९ जनाले कोरोना जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार ९ सय ८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा कोरोनाका कारण थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म ३ हजार १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्