निर्वाचन आयोगले एमाले र माओवादीलाई भन्यो : एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन लिएर आउनु



काठमाडौं । निर्वाचन आयोगले नेकपा एकाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई औपचारिकरुपमा खारेज गर्दै नयाँ एकता गर्ने भए १५ दिन भित्र आयोगमा आउन भनेको छ ।

दुवै दलले आ आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णय सहित नयाँ दलको रुपमा एकीकरण गर्ने भएमा एकिकरण पछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ (प्रन्ध्र) दिन भित्र आयोगमा निवेदन सहित उपस्थित हुन एमाले र माओवादी केन्द्रलाई जानकारी दिने आयोगले जनाएको छ ।

सर्वोच्च अदालतको आइतबारको फैसलाले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि आयोगले मंगलबार औपचारिकरुपमा दुई दलको एकता पछि बनेको नेकपा खारेज गरेको थियो । २०७५ जेठ ३ गते निर्वाचन आयोगमा नेकपा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्