निर्वाचन आयोगले गर्यो एमाले र माओवादी मिलेर बनेको नेकपा खारेज



काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई औपचारिकरुपमा खारेज गरेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलाले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी(लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकीकरण भई बनेको दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल उत्प्रेषणको आदेशबाट बदर भएकोले आयोगमा दर्ता नम्बर १४५ मा दर्ता रहेको नेपाल नेकपा खारेज गरिएको जनाएको छ ।

दल खरेजीको जानकारी एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई गराउँदै सोही फैसला बमोजिम अलग अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहेको जानकारी दुवै अध्यक्षलाई जानकारी दिने आयोगले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्