चैत्रको पहिलो साताबाट प्रशारणमा आउँदै ‘द भ्वाइस अफ नेपाल सिजन ३’



‘द भ्वाइस अफ नेपाल’ नेपालको सर्वाधिक लोकप्रिय रियालिटी शो हो । दर्शकले ‘द भ्वाइस अफ नेपाल’ लाई निकै नै रुचाउने गरेका छन् । ‘द भ्वाइस अफ नेपाल’ को २ सिजन निकै सफल भए । २ सिजनबाट दर्शकको औधी माया पाएपछि ‘द भ्वाइस अफ नेपाल’ निर्माण टिमले लामो समयदेखि ‘द भ्वाइस अफ नेपाल सिजन ३’ ल्याउने तयारी गरिरहेको थियो ।

अब भने दर्शकको प्रतिक्षाको घडी सकिएको छ । ‘द भ्वाइस अफ नेपाल सिजन ३’ आउँदो चैत्र ६ गतेबाट प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रशारणमा आउने भएको छ । यसपटक ‘द भ्वाइस अफ नेपाल सिजन ३’ मा कोचको रुपमा प्रमोद खरेल, दिप श्रेष्ठ, राजु लामा र तृष्णा गुरुङ रहेका छन् ।

तृष्णा यो सिजनबाट ‘द भ्वाइस अफ नेपाल’ को टिमसँग जोडिएकी हुन् । यसअघिको सिजनमा तृष्णाको ठाउँमा आस्था राउतले कोच गरेकी थिइन् । यसपटक आस्थाले कार्यव्यस्तताका कारण ‘द भ्वाइस’ लाई समय दिन नसकेपछि तृष्णालाई शो मा भित्र्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्