कोमल वलीद्वारा रघुजी पन्त विरुद्ध मुद्दा दर्ता



सांसद एंव गायिका कोमल वलीले एमाले नेता रघुजी पन्त विरुद्ध मुद्धा दायर गरेकी छिन् ।

गायिका वलीले पन्तविरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्धा दायर गरेकी हुन् । तत्कालीन नेकपा प्रचण्ड–माधव नेपाल समूहको विरोध कार्यक्रममा पन्तले राष्ट्रियसभा सदस्य वली विरुद्ध गलत अभिव्यक्ति दिएका थिए । उनले वलीलाई पिँडुला देखाएको भरमा सासंद भएको आरोप समेत लगाएका थिए ।

पन्तको यस्तो आरोपपछि सामाजिक सञ्जालमा उनको सर्वत्र आलोचना भएको थियो । धेरैले गायिका वलीलाई समर्थन गरेका थिए । अन्ततः गायिका वलीले नेता पन्त विरुद्ध मुद्धा नै दर्ता गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्