प्रधानमन्त्री अोलीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् । एक मन्त्रीले दिएको जानकारीअनुसार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको एकीकरण खारेज गरिदिएर पहिलाका नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
ओली सरकारमा अहिले पूर्वमाओवादी केन्द्रमा रहेकाहरू पनि मन्त्री छन् । यसैबीच सरकारले जारी गरेका केही अध्यादेश पनि संसदमा पेश गर्न बाँकी छ ।