यो मितिमा प्रदर्शनमा आउँदै छ अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’



दर्शकमाझ अत्यन्तै प्रतिक्षित चलचित्र ए मेरो हजुर ४ ले आफ्नो रिलिज डेट तोकेको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ए मेरो हजुर ४ आउँदो भदौ १८ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

आज अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्र टिमले ए मेरो हजुर ४ को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तय गरेको हो । ए मेरो हजुर ४ मा अनमोल र सुहानासँगै सलोन बस्नेत, दुर्गेश थापाको पनि मुख्य भूमिका रहेको छ ।

ए मेरो हजुर ४ भदौ १८ मा प्रदर्शनमा आउने भएपनि अनमोल र सुहानाका फ्यान निकै नै उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्