स्थायी कमिटी बैठक अघि छलफलमा जुटे माधव-नेपाल समूह



काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे माधवकुमार नेपाल समुहका नेताहरु छलफलमा जुटेका छन् ।

नेकपाको प्रचण्ड–माधव समूहले बोलाएको स्थायी कमिटी बैठक अगाडि माधव नेपाल निकट नेताहरु छलफलमा जुटेका हुन् ।

एक होटलमा जारी छलफलमा अब कसरी अगाडि बढ्ने भन्नेबारे पनि कुराकानी हुने नेपालनिकट एक नेताले बताए ।

पूर्वएमालेभित्र माधवकुमार नेपाल अल्पमतमा छन् । त्यसैले यो फैसलाले सबैभन्दा बढी समस्यामा उनी र उनलाई साथ दिँदै आएका नेताहरु परेका छन् ।

प्रतिक्रिया दिनुहोस्