४४ बर्ष कान्छी जियासँग बोल्ड सिन दिएपछि विवादमा तानिएका थिए अमिताभ



बलिउडका महानायकको रुपमा परिचित छन्, अमिताभ बच्चन । उनले बलिउडमा धेरै नै सफल चलचित्रहरु दिइसकेका छन् । उनको योगदान बलिउडमा उल्लेखनीय रहेको छ । यद्यपि, आफ्नो फिल्मी करियरमा बिग बीले यस्ता केही फिल्म पनि गरेका छन् जुन उनको करियरको सबैभन्दा विवादित फिल्म मानियो ।

यसमा समावेश छ रामगोपाल वर्माको फिल्म ‘निःशब्द’ । यस चलचित्रमा अमिताभ स्वर्गीय अभिनेत्री जिया खानसँग देखिएका थिए । यो फिल्ममा यी दुईले दिएको एक इन्टिमेट सिनले तहल्का नै मच्चायो ।

जिया भन्दापनि यस चलचित्रबाट अमिताभ विवादमा आएका थिए । २ मार्च सन् २००७ मा रिलिज भएको यो फिल्मको कहानी विवादास्पद उपन्यास लोलिता र सन् १९९९ मा रिलिज भएको हलिउड फिल्म अमेरिकन ब्यूटीबाट प्रेरित भएको बताइनछ । यो फिल्ममा अमिताभ बच्चनले आफूभन्दा ४४ वर्ष कान्छी अभिनेत्री जिया खानसँग बोल्ड सिन दिएका थिए जसका कारण उनले आलोचनाको शिकार हुनुपरेको थियो ।

उक्त समयमा अमिताभकी श्रीमती जया बच्चन उनीसँग निकै नै रुष्ट भएकी थिइन् । उनलाई अमिताभ र जियाको उक्त सिजन पिटिक्कै मन परेको थिएन ।

प्रतिक्रिया दिनुहोस्