रोहन श्रेष्ठको जन्मदिनको पार्टीमा पुगिन् श्रद्धा, सेलाएको छैन प्रेमको चर्चा



बलिउडकी चर्चित नायिका श्रद्धा कपुरको नाम लामो समयदेखि फोटोग्राफर रोहन श्रेष्ठसँग जोडिदैँ आएको छ । रोहन र श्रद्धाको चिनजान भएको धेरै समय भैसकेको छ । यी दुईबिच प्रेम रहेको पनि बताइन्छ । तर दुवैले आफ्नो प्रेमबारे खुलेर बोलेका छैनन् ।

प्रेमबारे खुलेर नबोलेपनि धेरै सार्वजनिक स्थलमा एकसाथ देखिने यी दुईबिच साच्चै नै प्रेम रहेको अनुमान दर्शकले लगाइरहेका हुन्छन् ।

केहीदिन अघिमात्र नायिका श्रद्धा कपुरले आफ्नो जन्मदिन मनाइन् । श्रद्धाको जन्मदिनमा रोहन पुगेका थिए । यस्तै रोहनले पनि हिजोमात्र आफ्नो जन्मदिन मनाएका छन् । रोहनको जन्मदिनमा श्रद्धा र रोहनले एकसाथ डिनर गरेका थिए । अहिले उनीहरुका तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेका छन् ।

यता श्रद्धाका पिता शक्ति कपुर भने आफ्नी छोरीको प्रेमबारे थाहा नभएको र यदि थाहा पाएपनि छोरीको खुसी नै आफ्नो खुसी हुने बताउँछन् । अब श्रद्धा र रोहनबिच साच्चै नै प्रेम छ वा यो अफवाह मात्र हो यो भने यी दुवैले मुख खोलेपछि मात्र थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्