प्रचण्ड-नेपालले भेटे सभामुख सापकोटालाई



काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेका छन् ।

आइतबार बिहान दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेका संसद सचिवालय स्रोतले जानकारी दियो ।

सभामुखसँग आज बस्ने संसद् बैठकका विषयमा छलफल भएको थियो । प्रतिनिधिसभाको सातौं हिउँदे अधिवेशन आज ४ बजे बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते असंवैधानिक प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि आज संसद् बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्