विप्लव समूहका सर्लाही महोत्तरी इन्चार्ज पक्राउ



जनकपुरधाम । नेत्रबिक्रम चन्द विप्लव समुहको नेकपाका सर्लाही र महोत्तरी जिल्लाका इन्चार्ज सोमबार पक्राउ परेका छन् ।

महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ११ स्थित ताराचौरीबाट विप्लव समूहका सर्लाही र महोत्तरी इन्चार्ज कमलबहादुर सुस्लिङ मगरलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका ६ बस्ने मगरलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट शान्तिविरुद्धको कसुर मुद्दामा ७ दिनको म्याद थप गराई अन्य अनुस्न्धान गरिरहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्