सातदोबाटोलाई श्री भगवतीको चुनौती



काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा रानीपोखरी कर्नर टिम आरसिटी र टुसाल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आरसिटी र टुसालबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । आरसिटी ७ खेलमा ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

टुसाल ८ अंक जोडेर सातौं स्थानमा रहेको छ । अर्को खेलमा शीर्ष स्थानको सातदोबाटोले श्री भगवती क्लबसँग खेल्नेछ । सातदोबाटो र श्री भगवतीबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।

सातदोबाटो जित निकाल्दै शीर्ष स्थान कायम राख्न चाहन्छ । सातदोबाटोले ७ खेलमा १९ अंक जोडेको छ ।

श्री भगवती ७ खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्