सेफिल्डविरुद्ध लिभरपुलको सहज जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो । सेफिल्डको मैदानमा लिभरपुलका लागि कुर्टिस जोन्सले एक गोल गरे । सेफिल्डका किन ब्रायनले एक आत्मघाती गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ४८ औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६५ औं मिनेटमा ब्रायनले आत्मघाती गोल गर्दा लिभरपुलले २-० को जित निकाल्यो ।

जितसँगै लिभरपुल छैटौं स्थानमा उक्लिएको छ । लिभरपुलको २६ खेलमा ४३ अंक रहेको छ ।सेफिल्ड ११ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्