‘चीन अमेरिकाको दुश्मन होइन’



काठमाडौं : ‘अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चीनियाँ राष्ट्रपति शी जिनपिङ लगातार एक–अर्कासँगको सम्पर्कमा छन् र कोरोनाभाइरससँग जोडिएका जानकारी साझा गरिरहेका छन् ।’

ब्रिटेनका लागि चिनियाँ राजदूत लियो शियाउमिंगले बीबीसीलाई यस्तो जानकारी दिएका छन् ।

लगभग एक हप्ताअघि राष्ट्रपति ट्रम्पले पत्रकारलाई आफू चीनसँग खुसी नभएको बताएका थिए । उनले भनेका थिए, ‘मलाई लाग्छ कि चीनले संक्रमणलाई सुरुमै रोक्न सक्थ्यो ।’

लियो शियाउमिंगले बीबीसीलाई भने, ‘म अमेरिकी जनतालाई मात्र यो भन्न चाहन्छु कि चीन अमेरिकाको दुश्मन होइन । भाइरस अमेरिकाको दुश्मन हो र हामीले यसविरुद्ध मिलेर लड्नुपर्छ ।’ स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्