सुनकोशी गाउँपालिकाले आफ्ना नागरिकलाई गाउँलैजादै



ओखलढुंगा : ओखलढुंगाको सुनकोशी गाउँपालिकाले आफ्ना नागरिकलाई उद्दार गरेर गाँउलाग्ने भएको छ । काठमाडौँमा लकडाउनका कारण अलपत्र परेकाहरुलाई नागरिकहरुलाई पालिकाले गाँउ लैजाने भएको हो ।


दैनिकरुपमा ज्याला मजदुरी गर्ने श्रमिक, अध्ययनका लागि डेरा गरी बसेका विद्यार्थी तथा विशेष कामका शिलशिलामा काठमाडौँ रही लकडाउनमा फसेकाहरुलाई सर्वोच्च अदालतको अन्तरिम आदेशलाई आधार मान्दै कठिनाई भोगीरहेका नागरिकहरुलाई यहि बैशाख १५ र १६ गते निःशुल्क गाउँपालिकासम्म लैजाने ब्यबस्था मिलाईएको गाँउपालिका अध्यक्ष रुद्र अधिकारीले बताए ।

काठमाडौंबाट लगिएका सबै नगरिकलाई क्वारेनटाईन तथा होम क्वारेनटाईनमा राखिने अध्यक्ष अधिकारीको भनाई छ । गाँउ फर्किन चहाने नागरिकलाइ सम्बधित वडा अध्यक्षसंग सम्पर्क गर्न पालिकाले बिज्ञती मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्