प्रधानमन्त्री ओलीलाई धक्का, कसरी लाग्यो योजनामा ब्रेक ?



काठमाडौं : अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता गर्ने तयारीमा लागेका छन् । 

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकमार्फत राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर चौतर्फि आलोचना खेप्नुपरे पछि प्रधानमन्त्री ओली सेफ ल्याण्डिका उपायमा जुटेका हुन् ।

कोरोना महामारीले सवै नेपाली जनता लकडाउनले घरभित्रै बसिरहेका बेला अचानक सरकारले दुई अध्यादेश संशोेधन गर्ने निर्णय गर्दै राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । 

संसद नभएको बेला अध्यादेश ल्याउन पाउने सरकारलाई अधिकार भएपनि बेमौसममा ल्याएपछि  नागरिक समाज, बुद्धिजीवी वर्ग, सामाजिक सञ्जाल र प्रमुख प्रतिपक्षमात्र नभई आफ्नै पार्टीमा समेत चर्को विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्