झापाका ६२ वर्षीय बृद्धमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो



काठमाडौं : कोरोना भाइरस संक्रमितको संख्या ४९ पुगेको छ । जस मा १० जना निको भएर घर फर्किएका छन् । शुक्रबार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनमा रिपोर्ट पोजेटिभ देखिएको हो ।

उनलाई अस्पतालको आइसोलेशनमा राखिएको छ । मन्त्रालयका अनुसार उनलेको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्