नेकपा बागमती प्रदेशका अध्यक्ष नारायण दाहालद्वारा शुभकामना व्यक्त



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवस तथा १३० औं लेनिन जयन्तीको अवसरमा नेकपा बागमती प्रदेशका अध्यक्ष नारायण दाहालले सम्पूर्ण श्रमजीवि नेपाली तथा आम जनसमुदायमा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालद्वारा जारी शुभकामना वक्तव्यमा, ‘ नेकपालाई नेपाली जनताले निर्वाचन मार्फत दिएको अभिमत सामाजिक न्याय सहित समृद्धि हासिल गर्नको लागि हो । नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डता मजबुत बनाउनको लागि हो । टुटफुट र विभाजनको नकरात्मक अनुभवबाट पाठ सिक्दै हामीले गरेको पार्टी एकता अझ बलियो बनाउनु हाम्रो गहन जिम्मेवारी रहेको छ । यस ऐतिहासिक क्षणमा पार्टीको विचार र एकतालाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सक्रिय भूमिका खेल्न सबैमा अपिल गर्दछु ।’ भनी उल्लेख गरेका छन् ।

त्यसैगरी विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को महामारीबाट विश्व स्वास्थ्य संगठनको मापदण्ड र नेपाल सरकारले गरेका प्रयासलाई सहयोग गर्दै आफ्नो स्वास्थ्य र सुरक्षामा केन्द्रित रहँदै जनताको स्वास्थ्य, सुरक्षा र सेवामा समर्पित हुन अध्यक्ष दाहालले आम पार्टी कार्यकर्तालाई अनुरोध गरेका छन् ।

नेकपा बागमतीका अध्यक्ष नारायण दाहालद्वारा जारी शुभकामना वक्तव्य : 

प्रतिक्रिया दिनुहोस्