जनप्रतिनिधिको बद्नाम र जनताको अपमान गर्ने ईन्स्पेक्टर केसीको गुपचुप सरुवा



काठमाडौं : आफूलाई एकमात्र कमाण्डो तालिम प्राप्त महिला ईन्स्पेक्टर बताउने सुरक्षा केसीको महानगरीय प्रहरी प्रभाग कपनबाट समय नपुगी गुपचुप सरुवा भएको छ ।

विधार्थीकालमा नेपाल विधार्थी संघको राजनीतिमा सक्रिय केसीले कपन प्रहरी प्रभागमा आएदेखी नै नेकपाबाट निर्वाचित जनप्रतिनिधिको बदनाम गर्न थालेकी थिईन । श्रोतका अनुसार गगन थापालाई आफ्नो आदर्श नेता बताउने केसी साप्ताहिक रुपमा गगन थापाकै घरमा गएर भए गरेका गतिविधिहरु बताउने गर्थिन ।

जनताको शान्ति सुरक्षाको विषयमा समेत स्थानीय जनप्रतिनिधिको फोन नउठाउने र झैझगडा परेर फोन गर्दा समेत ढिलो मात्र फिल्डमा जाने गरेकी थिईन । नेपाली काङ्ग्रेसका सामान्य कार्यकर्ता वा हारेका वडास्तरीय प्रतिनिधिसङग चियापानमा रमाउने केसीले कपन बसाईमा जनताको सेवा र जनप्रतिनिधिको सेवामा विताउनु पर्ने समय काङ्ग्रेसका कार्यकर्ताको छवि उकास्नमा मात्र सक्रियता देखाएकी थिईन ।

सार्वजनिक स्थलमा समेत जनप्रतिनिधिको अनुरोधलाई बेवास्ता गर्ने, बद्ममासी गर्नेहरूलाई समेत कानुनका धारा र प्रमाण नमिलेको भन्दै समात्नुको साटो छोडिदिने र काङ्ग्रेसका कार्यकर्ताले भन्दा तुरुन्तै कारवाही गर्ने प्रवृती बढाएपछि नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरु वाक्क भई आएको केही समयदेखिनै केसीलाई सरुवा गर्ने प्रयासमा लागे।

जनप्रतिनिधिले चालेको कदमबारे जानकारी पाएकी केसीले नगरप्रवक्ता तथा वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईलाई टार्गेट गरिन र उनी अष्ट्रेलिया भएको समयमा कपन क्याम्पस ब्यवस्थापन समितिले पुरानो स्वीकृतिमा बालुवा बेचेको थाहा पाएपछि विभिन्न पत्रपत्रिकामा वडाध्यक्ष भट्टराईको तस्करीमा नगरप्रमुखको साथ भनेर स्वच्छ छविका नगरप्रमुख उद्द्व खरेललाई समेत बदनाम गराएपछि नेकपाबाट निर्वाचित सबै जनप्रतिनिधिहरु केसीको विपक्षमा लागे ।

त्यसपछि जनप्रतिनिधि र प्रहरी निरीक्षकको सम्बन्ध सत्रुतापूर्ण भयो । केसी कुनै जनप्रतिनिधिलाई सम्पर्क नगर्ने भएपछि जुनियर प्रहरी अधिकृतको सहयोगमा अन्य कामहरू गर्न लागे ।

भर्खरै विवाह गरेकी केसीको श्रीमान् प्रहरी महानिरीक्षकको सचिवालयमा भएकोले नेकपाका नेताहरूको प्रयास पटकपटक असफल भएको थियो । प्रहरी महानिरीक्षक र गृह सचिव फेरिएसङै सक्रिय नेकपाका स्थानीय जनप्रतिनिधि र कपन क्षेत्रमा कृयाशिल पहुँचवाला पत्रकारको संयुक्त प्रयासले निरीक्षक केसी सरुवा प्रकरण सफल भएको बुझिएको छ । केसी अघि कपन प्रभागका निकै मिलसार र जनभावना बुझ्ने प्रहरी निरीक्षक मिन बहादुर कुवरको लोकप्रिय छवि केसीको आगमन सगै सकिएको छ । आमा बन्न लागेकी केसीको ब्यक्तिगत घमण्ड र शक्ति दुरुपयोगका कारणले उनको भविष्य जोखिममा परेको एक प्रहरीले बताएका छन् ।

पहिले निकै लोकप्रिय रहेका निरीक्षक मीनबहादुर कुवरको कार्यकालमा निकै चलायमान कपन प्रहरी प्रभाग केसीको आगमनसङै बद्नाम भएको छ । कपनका जनप्रतिनिधि, पत्रकार र आम समाजसेवीहरु आउन लागेको नयाँ प्रभाग ईन्चार्ज शेखर जङग मल्लबाट कुवरको जस्तै सजिलोपनको अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्