सरकारको कोरोना कोषमा एनसीसी बैंकको १ करोड योगदान, प्रत्येक प्रदेशलाई ५/५ लाख



०६ बैशाख २०७७, काठमाडौं

काठमाडौं–नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तरग्त नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड रुपैयाँ प्रदान गरेको छ । उक्त रकम मध्ये ६५ लाख संघीय सरकारले स्थापना गरेको कोषमा र पाँच/पाँच लाख गरी जम्मा ३५ लाख सात वटै प्रदेशहरुले खडा गरेको कोषहरुलाई प्रदान गरेको हो ।

बैंकले संघीय सरकारले स्थापना गरेको कोषमा उक्त रकम जम्मा गरेको छ भने प्रदेश सरकारले स्थापना गरेको कोषहरुमा प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, प्रदेश नं. २ का मुख्य मन्त्री लाल बाबु राउत, बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही, सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टलाई उक्त रकम वरावरको चेक बैंकका प्रतिनिधिहरु मार्फत प्रदान गरेको छ ।

बैंकले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको छ र यसवाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने विश्वास बैंकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्