नेपालमा कोराना संक्रमितको संख्या ३० पुग्यो, आज मात्रै १४ जना नयाँ संक्रमित भेटिए



०५ बैशाख २०७७, काठमाडौं

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या ३० जना पुगेको छ ।

आजमात्रै थप १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उदयपुर जिल्लाका १२ वटामा कोरोना संक्रमण पुष्टि भएको छ भने चितवनमा दुई जनामा पनि कोरोना पुष्टि भएको छ ।


मन्त्रालयका अनुसार ‘हालको अध्यावधिक विवरण अनुसार कोभिड–१९ को जम्मा पुष्टि भएको संख्या ३० पुगेको छ । जसमध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टि भएको छ । जस मध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जना नै पुरुष, ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय) र चितवन जिल्लाको २ वटा केस (२ पुरुष, २७ र ६३ वर्षीय रहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्