राष्ट्रिय युवा संघ नवलपरासीद्वारा सिमामा खटिएका सुरक्षाकर्मीलाई ४१ थान पिपिई हस्तान्तरण



०३ बैशाख २०७७, काठमाडौं

राष्ट्रिय युवा संघ जिल्ला कमिटी नवलपरासीले सिमामा खटिएका सुरक्षाकर्मीहरुलाई ध्यानमा राखी ४१ थान पिपिई हस्तान्तरण गरेको छ ।

नेपाल–भारत सिमामा कडा निगरानी गर्न खटिएका सुरक्षाकर्मीहरु कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेकाले उनीहरुका लागि संघले ४१ थान पर्सनल प्रोटेक्टिभ ईक्वीपमेन्ट (पिपिई) उपलब्ध गराएको राष्ट्रिय युवा सङ नेपालका केन्द्रिय सदस्य तथा जिल्ला युवा समिती नवलपरासीका अध्यक्ष रमेश पौडेलले जानकारी गराएका छन् ।

अध्यक्ष पौडेलका अनुसार जिल्ला कमिटीले औषधी व्यवसायी महासंघबाट खरिद गरिएको गुणस्तरिय उक्त ४१ थान पिपिई जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गर्दै सिमामा खटिएका सुरक्षाकर्मीहरुलाई उपलब्ध गराउन आग्रह गरेको समेत छ ।

त्यसैगरि सिमामा कडाई गर्न नेपाल तथा शसस्त्र प्रहरीहरु संयुक्त रुपमा खटिरहेका छन् । अस्थायी पोष्ट बनाएर रातदिन सिमामा निगरानी गरिहेका सुरक्षाकर्मीहरु रातीको समयमा अध्यारोले समस्या भैरहेका बेला मनोबल उच्च पार्न “युथ अफ सुस्ता”ले सुस्ता गाउँपालिकामा पर्ने अस्थायी पोष्टहरुमा बिजुली बत्ति समेत बालेर सहयोग गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्