२०७७ सालमा पल र पूजाको ३-३ चलचित्र रिलिज हुने



०३ बैशाख २०७७, काठमाडौं

कोरोनाको प्रत्यक्ष असर नेपाली फिल्म क्षेत्रमा पनि देखिएको छ । प्रदर्शनको तयारीमा रहेका चलचित्र सबैका प्रदर्शन रोकिए । अहिले देशलाई लकडाउन गरिएको छ । लकडाउन बैशाख १५ सम्मको लागि त फिक्स नै भैसकेको छ । त्यसपछि पनि माहोल हेरेर मात्र लकडाउन खोल्ने कि नखोल्ने भन्ने निर्णय हुने सरकारले बताएको छ ।

यसरी हेर्दा बैशाख महिनामा कुनैपनि नेपाली चलचित्र रिलिज हुने चान्स नै छैन । त्यसपछि पनि अवस्था हेरेर मात्र चलचित्रहरु रिलिज हुनेछन् । यस्तै यस बर्ष नायिका पूजा शर्मा र पल शाहका ३-३ चलचित्र रिलिज हुने पक्का छ ।

पूजा शर्मा र पलको अभिनय रहेको म यस्तो गीत गाउँछु २ प्रदर्शनको तयारीमा नै रहदाँ लकडाउन भएपछि चलचित्रको प्रदर्शन रोकिएको थियो । यस्तै पूजाको यस बर्ष सम्हालिन्छ कहिले मन र सम्झना बिर्सना पनि रिलिज हुनेछ भने पलको हृदय भरी र २ नम्बरी रिलिज हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्