जहाँ विवाह अघि छोरीहरुको योनी सिलाई स्तनमा आइरन लगाईन्छ !



पूर्वी अफ्रिकामा छोरी मान्छेको योनी सिलाइदिन्छन्। छोरी मान्छेले विवाह अगाडि यौन सम्पर्क नगरुन भनेर उनीहरुको योनी सिलाइन्छ।

विवाह गरेपछि सिलाइएको योनी खोलिदने चलन छ। परम्पराका नाममा महिलामाथि हुने यो अमानवीय व्यवहार अहिले पनि जारी छ। यसरी योनी सिलाउँदा युवती विभिन्न रोगको सिकार हुने गरेका छन्।

त्यस्तै अफ्रिकाकै घानामा एक परम्पराका अनुसार विधवा महिलाको आत्मा शुद्धीका लागि भन्दै परपुरुषसँग रात विताउनु पर्ने चलन छ। विधवा महिलाले परपुरुषसँग रात बिताउने क्रममा आफ्नो मनमाथि नियन्त्रण राख्न सके उनको आत्म पवित्र हुने विश्वास गरिन्छ।

क्यामरुन, नाइजेरिया र दक्षिण अफ्रिकाको केही भागमा युवतीको स्तन ठूलो हुनबाट रोक्न उनीहरुको स्तनमा तातो ढुंगाले आइरन गरिन्छ।स्तनमा तातो ढुंगाले आइरन गर्दा महिला परपुरुषमाथि कम ध्यान दिन्छन् भन्ने मान्यता रहेको छ।

प्रतिक्रिया दिनुहोस्