कोरोनाका कारण ‘हिजो आजका कुरा’ को प्रदर्शन स्थगित



काठमाडौँ – बैशाख १२ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भनिएको चलचित्र हिजो आजका कुरा को प्रदर्शन स्थगित भएको छ ।

सोमबार विज्ञप्ती जारी गर्दै चलचित्र टिमले अब चलचित्र हिजो आजका कुरा को कोरोनाका कारण प्रदर्शन मिति रोकिएको हो ।

बिज्ञप्तिमा लेखिएको छ “यहाँहरुले हामी र हाम्रो चलचित्रप्रति देखाउनु भएको माया र भरोसाप्रति हामी नतमस्तक छौं । जनजीवन सामान्य अबस्थामा फर्किएपछि हामी हाम्रो चलचित्रको नयाँ प्रदर्शन मिति तय गर्ने छौं ।”

प्रतिक्रिया दिनुहोस्