कोभिड १९ कोषमा राखेपको ३२ लाख जम्मा



०१ बैशाख २०७७, काठमाडौं

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोभिड १९ राहत कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ ।

राखेपका पदाधिकारी र कर्मचारीको तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाले जनाएका छन् । नेपाल सरकारको निर्णयानुसार राहत कोषमा रकम जम्मा गरिएको थापाले जानकारी गराएको राखेपका प्रशासकीइ अधिकृत लोकेन्द्र बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्