मलामी नपाउँदा साइकलमै राखेर बालकले आमालाई पुर्याए घाट {भिडियो सहित}

भारतमा एक भावुक घट्ना भएको छ । संसार कति सम्म स्वार्थी र निष्ठुरी छ भन्ने कुरा यी भावुक घट्नाबाट हामी छल्लङ्ग हुन्छौं ।
१७ वर्षीय बालक मृत आमाको शव साइकलमा राखेर अन्त्यष्टिको लागि एक्लै रवाना भैरहेको भिडियो सामाजिक संजालमा देखा परेको छ। यी बालकको कहानीले जो कोहिलाई पनि भावुक बनाइदिन सक्छ ।
बालकको आमाको निधनपछि छिमेकिहरु मलामी बन्न तयार नहुँदा मृत आमालाई साइकलमा राखेर ५ किलोमिटर खालीखुट्टा ठेली एक्लै जङगलमा लगेर अन्त्यष्टि गर्छ ।
५ किलोमिटर टाढा रहेको जङ्गलमा पुर्याएर बालकले एक्लै खाल्डो खनी त्यहि आमालाई पुरेर अन्त्यष्टिको काम सकाए।