नेयमारकी आमा २२ वर्षे युवासँग ‘डेटिङ’ मा



वैशाख १, २०७७, एजेन्सी

विश्व चर्चित खेलाडी नेयमार जुनियरकी आमा नादिया गोन्काल्भेस यतिबेला आफ्ना छोरा नेयमारभन्दा ६ वर्ष कान्छा युवासँगको प्रेम सम्वन्धका कारण निकै चर्चामा छिन् ।

५२ वर्षीय नदिना डेटिङमा रमाइरहेकी छिन् भने उनको प्रेमीको उमेर २२ वर्ष मात्रै रहेको छ । जबकी नेयमारको उमेर २८ वर्ष रहेको छ । नेयमारकी आमासँग ‘डेटिङ’ गरिरहेका युवाको नाम तियागो रामोस हो ।

नादियाले आफ्नो इन्स्टाग्राममा रामोससँग ‘डेटिङ’ गरेको फोटो पोस्ट गर्दै सम्बन्धको खुलासा गरेकी हुन्। उनले फोटो क्याप्सनमा तपाईले मन पराउनु भयो..।’ भन्दै लेखेकी छिन् । त्यहाँ उनले ‘प्रेम’ को साइन पनि देखाएकी छिन् । नेयमारले ‘वि आर ह्याप्पी मम, लभ यु’ (अर्थात् हामी खुसी छौं, धेरै माया) भन्दै आमाको प्रेम सम्बन्धलाई साथ दिएका छन्।

प्रतिक्रिया दिनुहोस्